उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए अनुमति


२०८१ मङ्सिर ९ आइतबार १८:४३ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न अनुमति दिएका छन् । मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले उपनिरवाचनमा सेना परिचालन गर्ने सिफारिस गरेको थियो ।

उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनको स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । यही मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । स्थानीय तह उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न लागिएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७