प्रतिनिधिसभाका सचिव अधिकारीले पाँच महिनामै दिए राजीनामा
काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि गत असारमा उनी प्रतिनिधि सभाको सचिव बनेका थिए ।
तर उनले स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सोमबारबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन् । ‘स्वास्थ्यको पनि समस्या भयो । अनि मैले पदबाट राजीनामा दिएको हुँ’ अधिकारीले भने । सचिवबाट अवकास पाएपछि उनी समान पदमै फेरि नियुक्त भएका थिए । नियुक्तिको केही समयदेखि नै अधिकारी उक्त पदको काममा रमाएका थिएनन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए। सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । पूर्वसचिव अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्ति सिफारिस गरेका थिए ।