आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?


२०८१ मङ्सिर ९ आइतबार १४:२६ बजे

काठमाडौं । नेपाली बजारमा दिनहुँ सुनचाँदीको भाउ उकालो लागिरहेको छ ।  आज (आइतबार) पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।  गत साताका पाँचदिनसम्म लगातार बढेको सुनको मूल्य यो साताको पहिलो दिन पनि तोलामै १७ सय रुपैयाँ बढेको हो । 

आज सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेर एक लाख ६७ हजार दुईसय रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६५ हजार पाँचसय रुपैयाँ थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारँमा झरेको थियो । तर, विगत एक सातायता भने सुनको मूल्य फेरि लगातार बढिरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको एक हजार नौसय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १५ रुपैयाँ बढेर एक हजार नौ सय ६० रुपैयाँ पुगेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७