सिनामंगलको होटलमा युवा–युवती मृत भेटिए


२०८१ मङ्सिर ९ आइतबार १४:१७ बजे


काठमाडौंर । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवा–युवती मृत्त अवस्थामा फेला परेका छन् । होटल जन्मभूमिको एउटै कोठामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । युवा–युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ । प्रहरी टोली घटनास्थलमा भर्खर पुगेकाले थप विवरण आइसकेको छैन । उनीहरूले आत्महत्या गरेका हुन सक्ने प्रहरीको अनुमान छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७