दुर्गा प्रसाईको रिट न्यायाधीश शर्माको इजलासमा


२०८१ मङ्सिर ९ आइतबार १४:२९ बजे

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको  बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा परेको छ । 

शुक्रवार उनको पक्राउविरुद्ध छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै उनले केही शंकास्पद डकुमेन्ट सार्वजनिक गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले प्रसाईलाई गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । प्रसाईंमाथि साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको छ । यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो । लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो ।

साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो । एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए ।  ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ । उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७