अनुकूलन कोष बोर्डको सदस्यमा शर्मा छनोट


२०८१ मङ्सिर ७ शुक्रबार ०२:३८ बजे

बाकु, अजरबैजान । अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि नरेश शर्मालाई सन् २०२५–२०२६ अवधिका लागि पुनः अनुकूलन कोष बोर्डको सदस्यमा निर्वाचित गरेको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन संरचनाको प्रारुप महासन्धि (यूएनएफसिसिसी) अन्तर्गतका पक्ष मुलुकबीच हाल बाकु, अजरबैजानमा जारी रहेको २९औं सम्मेलन (कोप–२९) मा शर्मालाई पुनः सदस्यको रुपमा निर्वाचित गरको हो । 

यो कोषले बहुपक्षीय कार्यान्वयन संस्था क्षेत्रीय कार्यान्वयन संस्था र राष्ट्रिय कार्यान्वयन संस्थामार्फत विभिन्न देशमा अनुकूलन कार्य लागू गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको छ । हाल शर्मा अनुकूलन कोष बोर्डअन्तर्गत मान्यता प्यानलका अध्यक्षको भूमिकामा रहेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७