पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु 


२०८१ मङ्सिर ७ शुक्रबार ०२:४७ बजे

काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।  अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवा समेत बन्द गरेको बताएका छन् ।

अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए । लामो समय देखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरूबीच  झडप भईरहेको छ । 

एक वरिष्ठ प्रशासनीक अधिकारी जावेद उल्ला महसुदले कुर्रममा भएको हमलाको पुष्टि  गरेका छन् । उनका अनुसार पीडितहरूमध्ये सात जना महिला र तीन जना बालबालिका समेत रहेका छन् भने आक्रमणमा १६ जना घाइते भएका छन् । एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने शर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउदै मुख्य सहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण भएको बताएका छन् । 

माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताएका छन् । हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन्। पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी) ले विज्ञप्ति मार्फत  घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ । यसै गरी हिंसाको चक्रलाई तत्काल रोकी निर्णायक कदम चाल्न माग गरिएको  छ ।  एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७