सुरक्षाकै कारण उपनिर्वाचन नबिथोलियोस् : गृहमन्त्री लेखक


२०८१ मङ्सिर ७ शुक्रबार ०२:४७ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षाकै कारण उपनिर्वाचन बिथोलिन नहुने भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् । देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले यसरी ध्यानाकर्षण गराएका हुन् ।

निर्वाचनको सुरक्षालाई सामान्य रूपमा नलिन आग्रह गर्दै उनले भने, ‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ । शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।’ निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्नसक्ने विषयमा सरकारले तयारी गरेको उनले जानकारी गराएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७