एमाले हात्तीको बथान हो, नाङ्लो ठटाउँदैमा तर्सिदैन : प्रधानमन्त्री ओली


२०८१ मङ्सिर ७ शुक्रबार २३:०४ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वहरुले पार्टीविरुद्ध भ्रम फैलाए पनि जनताले त्यस्ता कुराको विश्वास नगर्ने बताएका छन् । आज दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले केही मानिसले एमालेलाई तर्साउन खोजे पनि एमाले कसैले तर्साउँदैमा तर्सिने पार्टी नभएको बताए । 

एमाले हात्तीको बथान भएको उनको टिप्पणी छ । उनले भने, ‘अहिले केही मानिसहरुले  नाङ्लो ठटाएर हात्ती तर्साउने काम गरिरहेका छन् । तर एमाले हात्तीको बथान हो । हात्तीको बथानमा नाङ्लो ठटाएर तर्सिने पार्टी होइन ।’ यस्तै उनले विगत केही समयदेखि एमालेमाथि लागेका आरोपहरु खण्ठन र चर्चा गर्नका लागि समेत लायकका नभएको टिप्पणी गरेका छन् ।

त्यस्ता आरोपहरु एकछिनका लागि युट्युबमा कन्टेन्ट भए पनि भ्रम के हो भन्ने जनताले बुझ्ने विश्वास व्यक्त गरे । आफ्नो आगामी चीन भ्रमणका सन्दर्भमा पनि उनले जवाफ दिएका छन् । उनले आफू चीन घुम्नका लागि नभएर देश हीत र भलाइका लागि जान लागेको बताएका छन् । साथै एमालेसँग अहिले देशलाई अघि बढाउने सही नीति र योजना समेत रहेको दाबी गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७