जुवा हारेका चिकित्सक ‘असुली धन्दा’ मा लागेपछि ...


२०८१ मङ्सिर ५ बुधबार १९:२८ बजे

काठमाडौं । आफूलाई ‘अण्डरवर्ल्ड नेटवर्क’ को एजेण्ट बताएर रकम असुली धन्दामा लागेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भइ ललितपुर बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाल रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

दाहालले ह्वाट्स एपमार्फत आफू आपराधिक गिरोहको अण्डरकभर एजेण्ट भएको भन्दै फोन गर्ने गरेको पाइएको एसएसपी भट्टराईले जानकारी दिए । आफूले भनेअनुसार रकम नदिए बिहारलगायतका स्थानबाट कन्ट्याक्ट किलर भाडामा लिएर हत्या गर्ने धम्की समेत दिने गरेको खुलेको भट्टराईले बताएका छन् ।

उनका अनुसार, दाहालले ५० हजारदेखि २ लाख रुपैयाँसम्म माग गर्ने गरेका थिए । यो सूचना प्राप्त हुनासाथ खटिएको कार्यालयको टोलीेले दाहाललाई शंखमुलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । दाहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

दाहालले शिक्षण अस्पताल महाराजगञ्जबाट सन् २०१७ मा चिकित्सा सेवातर्फ एमबीबीएस उत्तीर्ण गरेका पाइएको छ । एमबीबीएस उत्तीर्ण गरेलगत्तै उनी सन् २०१७ मै अमेरिका हानिए । अमेरिका पुगिसकेपछि उनले त्यहाँ क्यासिनोमा जुवा खलेरे ४० लाख हारे । जुवा खेलेर हारेको पैसा तिर्न नसकेपछि उनी नेपाल फर्किएर लागेको ऋण तिर्न आपराधिक बाटो समाएको देखिएको प्रहरी स्रोत बताउँछ । उनले अझै पनि अमेरिकामा जुवा खेलेर हारेको १५ लाख रुपैयाँ तिर्न बाँकी नै छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७