समाजमा घृणा फैलाउनेदेखि सरकार सचेत छ : गृहमन्त्री लेखक


२०८१ मङ्सिर ५ बुधबार २१:१३ बजे

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको घेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने स्पष्ट पारे ।  

‘लोकतन्त्रमा जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो’, गृहमन्त्री लेखकले भने, ‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ ।’ 

मुलुकमा तीन-तीन महिनामा संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नु पर्ने अवस्था सिर्जना भएकाले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको उनको भनाइ थियो । गृहमन्त्रीले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ, यो सरकारको उद्देश्य देशमा स्थिरता कायम राख्ने र सुशासन कायम राख्नु हो ।’ उनले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताए ।

देशमा विधिको शासन कायम गर्न सरकार पूर्णरूपले लागि परेको गृहमन्त्री लेखकको भनाइ थियो । उनले पछिल्लो समय अपराधजन्य घटना वृद्धि भइरहेको बताए । ‘लागुऔषध अहिले सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको छ, युवाहरू लागुऔषधका कारण अपराधजन्य क्रियाकलाप भइराखेका छन्’, उनले भने, ‘यी समस्यालाई पनि गहिरो ढङ्गले अध्ययन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’ गृहमन्त्री लेखकले सुशासन कायम राख्न र भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिराखेको बताए । उनले समाजमा घृणा फैलाउनेसँग सरकार सचेत रहेको बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७