रवि र छबिविरुद्ध चितवनमा किटानी जाहेरी


२०८१ मङ्सिर ५ बुधबार १९:१३ बजे

चितवन । चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

आज (बुधबार) सहकारी पीडितले रवि  छबिसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन् । सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएको जानकारी दिए । यसअघि साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो । 

साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए। अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा शेयरधनी हुन् ।

साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७