सरकारबाट हटेपछि प्रचण्ड विभिन्न तिकडम अपनाउँदै छन् : प्रदीप ज्ञवाली


२०८१ मङ्सिर ५ बुधबार १९:०९ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न तिकडम अपनाउन थालेको टिप्प्णी गरेका छन् । आज (बुधबार) एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले प्रचण्डको पछिल्ला अभिव्यक्ति तिकडमका संकेत भएको बताएका हुन् ।

‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइदिन्छु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबैखाले तिकडम अपनाउँदै छन् भन्ने देखाएको छ’, उनले भने, ‘अराजकता मौलायो भने भ्याकुमभित्र अलोकतान्त्रिक तत्वले खेल्छन् । ६ सालदेखि परिवर्तनका संवाहक मुख्य कांग्रेस र एमाले हुन् ।’ उनले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने पनि बताए ।

उनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधारको संकेत देखिएको दावी समेत गरे। उनले सरकारले एकपछि अर्को गर्दै सुशासनको पक्षमा कदम चालेको पनि बताएका छन् । उनले थपे, ‘यो विधिको शासन हो। कुनै पार्टीको सभापति पूर्वगृहमन्त्री भएकाले छुट्ने कुरा हुन्न । जो पार्टीको भए पनि कारबाही भोग्नपर्छ । रास्वपासँग हाम्रो प्रतिस्पर्धा होइन किन फसाउनु । कोशीका मन्त्रीलाई तत्काल पदमुक्त गरिएको उदाहरण उहाँहरुले हेर्नुपर्छ ।’

देश बन्दैन भनेर सामाजिक अराजकता फैलाएर जनतामा निराशा छर्ने प्रयास भएको आरोप लगाए । अराजकता र अस्थिरता चाहनेहरू एकठाउँ आउन खोजेको भन्दै दुर्गा प्रसाईको फेक डकुमेन्ट प्रकरण पछिल्लो उदाहरण भएको बताए । उनले सरकारमा हुने दलहरुले देश बन्दैछ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिन सक्नुपर्ने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७