एमालेले गर्ने सभास्थल परिवर्तन, यस्तो छ जुलुसको रुट


२०८१ मङ्सिर ५ बुधबार १९:१४ बजे

 काठमाडौं । सत्तारुढ नेकपा एमालेले शुक्रबार काठमाडौंमा गर्ने भनेको जागरण सभाको पूर्व निर्धारित सभास्थल परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने जागरण सभा संयोजन समितिका संयोजक डा.राजन भट्टराईले जानकारी दिए ।

एमालेले जुलुसको रुट पनि सार्वजनिक गरेको छ । संयोजक भट्टराईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  र्‍याली भद्रकालीबाट सुरु हुने जनाए । उनका अनुसार भद्रकालीबाट सुरु भएको र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा मंसिर ७ गते राजधानीमा जागरण सभा गर्न लागिएको हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७