माइतीघरमा सहकारीपीडित र प्रहरीबीच झडप


२०८१ मङ्सिर ५ बुधबार १९:२१ बजे

काठमाडौं । काठमाडौं माइतीघरमा प्रदर्शन गर्दै आएका सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारी बानेश्वरतिर जान खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो । झडमा केही घाइते समेत भएका छन् । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो ।

तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए । माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७