दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन सहज : उपप्रधानमन्त्री सिंह


२०८१ कार्तिक ३० शुक्रबार १६:१३ बजे

विराटनगर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताएका छन् ।नेपाल प्रेस युनियन मोरङ शाखाद्वाराआज यहाँ आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरुबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने विश्वास व्यक्त गरे ।

उनले सातबुँदे सहमतिबाट बनेको वर्तमान सरकारले थोरै समयमा धेरै उल्लेखनीय काम गरेको चर्चा गर्दै सरकारले जनताको चाहनाअनुसार काम गरिरहेको बताए । बजेट पारित भइसकेपछि बनेको वर्तमान सरकार एउटा परिधिभित्र बसेर काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले दोस्रो संविधानसभा पछि जारी भएको वर्तमान संविधानको संशोधन संसद्ले गर्ने र कुनकुन विषयमा संशोधन हुने छलफल भइरहेको बताए ।

‘प्रदेशले संविधानमा व्यवस्था भएबमोजिम अधिकार पाउँछ’, उनले भने । अपचलन र ठगी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सरकार विधिको शासनको पक्षधर हो स्पष्ट पारे । बङ्गलादेशलाई बिजुली बेच्ने सरकारको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७