झलनाथ खनालसँग दक्षिण कोरियाका राजदूत पार्क ताइयोङकाे भेटवार्ता


२०८१ कार्तिक २९ बिहीबार २३:३८ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता भएको छ । खनाल र राजदूत ताइयोङबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको हो। भेटका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको शुभकामना दिएका थिए । 

नेता खनालले नेपाल र कोरियाबीच धेरै लामो लामो समयदेखि सुमधुर सम्बन्ध रहेको र यो द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरेका थिए । राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकारात्मक सहयोग रहेको र विशेष गरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएका थिए । भेटमा दुई देशबीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७