मन्त्री हेरफेरको तयारीमा प्रधानमन्त्री ओली


२०८१ कार्तिक २५ आइतबार १२:२४ बजे
तस्वीर : दिनेश भण्डारी

काठमाडौं । सरकार गठनको चार महिना पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद हेरफेरको तयारीमा लागेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको तयारी अगाडि बढाएको स्रोतले जानकारी दिएको छ ।  

कार्यसम्पादन क्षमता देखाउन नसकेकाले केही मन्त्रीहरुलाई पदमुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोत बताउँछ । स्रोतले भन्यो, ‘चार जना मन्त्रीलाई पदमुक्त गर्ने र केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।’ तीन महिनापछि थप एक महिनाको समय कार्यक्षमता देखाउन प्रधानमन्त्री ओलीले मौका दिएका थिए । तर देखाउन नसकेपछि चार मन्त्रीलाई पदमुक्त गर्ने निष्कर्षमा ओली पुगेका हुन् ।

एक–दुई दिनमै प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिन सक्ने स्रोतको भनाई छ । मन्त्रिपरिषदलाई थप मजबुद बनाउन यस्तो तयारी भएको स्रोत बताउँछ । गत असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै भोलिपल्ट प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७