फोटो खिच्ने क्रममा तालमा खसेर चार्टर अकाउन्टेन्ट गौतमको मृत्यु


०२:३६ बजे

चितवन । चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतम छन् ।

गौतम बिहीबार सपरिवार वैकुण्ठ ताल घुम्न गएका थिए । ताल नजिकैको एउटा ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा उनी अचानक चिप्लिएर तालमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए ।

घटनापछि तत्कालै इलाका प्रहरी कार्यालय माणीबाट इन्स्पेक्टरको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो । थप सहयोगका लागि डीएसपी नेतृत्वमा सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । उद्धारपछि गौतमलाई जिल्ला अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए । शुक्रबार गौतमको पोस्टमार्टम गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७