रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पाँच एजेण्डामा छलफल गर्दै


०२:०५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दै छ । आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाले दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । त्यस्तै पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

त्यस्तै, स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको झाले जानकारी दिएका छन्। पार्टी सभापति रवि लामिछाने भने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७