साफ : नेपालविरुद्ध बंगलादेश २–१ ले अगाडि
काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल फेरि पछि परेको छ। खेलको ८० औँ मिनेटमा बंगलादेशले दोस्रो गोल गर्दै २–१ को अग्रता लिएको हो । यसअघि नेपालकी अमिशा कार्कीले बराबरी गोल फर्काएकी थिइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा ५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको थियो । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको जारी फाइनल खेलमा बंगलादेशले १–० ले शुरुवाती अग्रता बनाएको थियो । दोस्रो हाफको ५१ मिनेटमा बंगलादेशकी मोनिका चक्माले नेपालविरुद्ध एक गोल गरेकी थिइन् ।