किसानलाई २८ लाखको कृषि औजार वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख बराबरका कृषि सामग्री वितरण गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो । गाईपालन कार्यक्रममा सहभागी किसानलाई कृषि औजार वितरण गरिएको हो । किसानलाई आनुधिक खेती प्रणालीमा जोड्दै यन्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उनले बताए ।
गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकामा करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको तथा किसानलाई यस्तै नगदेबालीमा प्रोत्साहन गर्न उपकरण वितरण गरिएको बताइन् । महिलालाई उद्यममा जोड्न महिला विकास बोर्डमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिइन् ।