बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने


२०८१ असोज २६ शनिबार १८:५१ बजे

काठमाडौं । बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले शुक्रबार जनाएको छ । एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ । 

बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७, हजार कामदारलाई असर पार्नेछ । क्मप्नीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी  मालवाहक) जहाजको उत्पादन बन्द गर्नेछ ।

कम्पनीले आफ्नो नयाँ ७७७ एक्सको उत्वादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने बताएको छ । प्रमाणीकरणको वर्षौंको ढिलाइ र हालैको एक त्रुटिपूर्ण भागको खोजपछि बोइङको नयाँ ७७७ मोडेलले यस वर्षको सुरुमा परीक्षण उडानहरू रोकेको थियो । 

बोइङका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको पत्रमा कम्पनीले ‘हाम्रो वित्तीय वास्तविकतासँग मेल खाने गरी आफ्नो कार्यबलको स्तर पुनः तय गर्नुपरेको’ बताएका छन् । उनले भने, ‘हामीले सामना गरिरहेको कामको बारेमा स्पष्ट र यथार्थवादी हुन आवश्यक छ । यसले पुनरुत्थानको मार्गमा महत्वपूर्ण सफलता मिल्नेछ । हाम्रा स्रोतहरू प्रदर्शन गर्न र नवप्रवर्तनमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७