साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हानलाई
काठमाडौं । सन्–२०२४ को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ । मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो । १९७० मा जन्मिएकी उनले यसअघि २०१६ मा मेन बुकर पुरस्कार पनि पाएकी छिन् ।
नोबेल पुरस्कार समितिले ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिएको हो । उनको प्रसिद्ध भेजिटेरियन किताब नेपाली भाषामा अनुवादित छ ।