बालुवाटारमा मन्त्रिपरिषद बैठक, के हुँदैछ निर्णय ?
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केहीबेर अघि शुरु भएको हो । आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुँदैछन् ।
यो नियमित बस्ने मन्त्रिपरिषद् बैठक हो । बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । लगत्तै उनले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका हुन् ।