खेलकुदको बहुआयमिक महत्व र फाइदा छ : सुहाङ नेम्वाङ


०६:२३ बजे

काठमाडौं : नेकपा (एमाले)का युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले विश्वमा देशको नाम चिनाउन र आर्थिक रुपान्तरणको लागि खेलकुदको विकास आवश्यक रहेको बताएका छन् । खेलकुदले युवाहरुलाई सकरात्मकता तर्फ लैजाने र आन्तरिक तथा वाह्य पर्यटनमा समेत महत्वपूर्ण भूमिका खेल्ने नेम्वाङको भनाई छ ।

युवा संघ नेपालले आयोजना गरेको कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन गर्दै सांसद नेम्वाङले खेलकुदको बहुआयमिक फाइदा र महत्व रहेको बताए । उनले भने, ‘खेलकुदबाट देशको नाम विश्वमा चिनाउन सकिन्छ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पर्यटनको प्रवर्द्धन हुन्छ । रोजागरीको अवसर सृजना गर्छ । युवाहरुलाई सकरात्मकता तिर लैजान्छ । कुलतमा फस्न दिदैँन । विशेषत खेलकुदले आर्थिक रुपान्तरणमा सहयोग गर्छ ।’

उनले विश्वका अधिकांस देशहरुले खेलकुदलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै नेपालको खेलकुदको विकासको लागि पनि सरकारले प्राथमिकता दिनु पर्ने बताए । उनले भने, ‘सरकारले खेलकुद क्षेत्रमा लगानी गरेर यसबाट अनेकौं फाइदाहरु लिन सक्छ ।’ 

‘स्पोर्टिङ इलाम डे मेची एफसी’को अध्यक्ष समेत रहेका नेम्वाङले आफ्नो पनि खेलकुदप्रति गहिरो रुची रहेको उल्लेख गर्दै खेलकुदको विकासको लागि अधिकतम् पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७