नेपालद्वारा क्यानडासामू १४० रनको लक्ष्य प्रस्तुत


२०:५० बजे

काठमाडौँ, १५ असोजः  क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत जारी खेलमा नेपालले घरेलु टोली क्यानडालाई जितका लागि १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । क्यानडाको किङ सिटीमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि ओपनर अनिल साहले ३० बलमा तीन छक्का र चार चौकासहित ४१ रन र अर्का ओपनर आशिफ शेखले ३० बलमा एक छक्का र तीन चौकाको सहयोगमा ३० रन बनाए । साथै गुलशन झाले २३ र कुशल भुर्तेलले १३ र दीपेन्द्र सिंह ऐरीले १२ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङगर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एक/एक विकेट लिए । अहिले क्यानडा जवाफी ब्याटिङमा उत्रिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७