इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण
इरान : इरानले इजरायलमा मंगलबार राती १० बजे मिसायल प्रहार गरेको इजरायली सेनाले पुष्टी गरेको छ। इजरायली सेनाले लेबनानमा जमिनबाटै आक्रमण सुरू गरेको बेलामा इरानले इजरायलमाथि मिसायल आक्रमण गरेको हो ।
इरानको सरकारी टिभीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सबाट इजरायलतर्फ ‘दर्जनौँ’ मिसाइलहरू प्रहार गरिएको पुष्टि गरेको छ । इजरायलले जवाफ दिएमा अर्को आक्रमणको धम्की दिएको छ। अमेरिकाले यसअघि इरानबाट मिसाइल आक्रमण हुनसक्ने चेतावनी दिएपछि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।
इरानले आक्रमण सुरु गरेलगतै इजरायलको सुरक्षा निकाय आइडीएफले ‘सावधान रहन’ र घरको मोर्चा र कमाण्डहरुलाई राम्रोसँग पालना गर्न आग्रह गरेको छ।
साइरन सुनिएलगतै सुरक्षित स्थानमा प्रवेश गर्न र अर्को सुचना जारी नभएसम्म बाहिर ननिस्कन आग्रह गरेको छ। ुसाइरन सुनेपछि, तपाइँ सुरक्षित ठाउँमा प्रवेश गर्नुपर्छ र अर्को सूचना नभएसम्म त्यहाँ रहनु पर्छु,आइडीएफले भनेको छ ।
यसअघि पनि इरानले गत अप्रिलमा इजरायलमाथी ३०० मिसायल तथा ड्रोनहरु प्रहार गरेको थियो ।