धादिङ झ्याप्लेखोलामा भीषण पहिरो : पुरिएका दुई बसबाट निकालियो १४ शव 


२०८१ असोज १२ शनिबार ०८:१३ बजे

धादिङ । पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

उनका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको हो । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । प्रहरी घटनास्थलमा थप खोज तथा उद्धारको काम भइरहेको रजौरेले बताए ।

एउटा हायस र भारतीय नम्बरप्लेटको मालवाहक ट्रक पनि पहिरोबाट निकालिएको छ । दुई जेसीबीको सहायतामा पहिरो पन्छाउने कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । त्रिभुवन राजमार्गअन्तर्गत काठमाडौंको चन्दागिरि नगरपालिका–२ र धादिङको सीमानामा पर्ने नागढुंगा–नौबिसे सडकखण्डको झ्याप्लेखोलामा पहिरो खसेको हो । लेदो बगिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । पुरिएका बस निकाल्ने प्रयास जारी रहेको र प्रहरीले थप क्षतिको आशंका गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७