मोटरसाइकल पल्टिँदा दुई युवकको मृत्यु


२०८१ असोज ५ शनिबार १३:३९ बजे

चितवन । नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । राति सवा १ बजेतिर शहीद चोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर–२ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए । 

दुर्घटनामा नवलपुरको गैंडाकोट–५ कांग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा लमजुङको दुधपोखरी–६ बस्ने बर्ष ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक थापा र मोटरसाइकलमा सवार गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको रिजालले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७