मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व संकलन


२०८१ असोज ५ शनिबार १५:३२ बजे

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो । 

चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कल गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट रु एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व सङ्कलन भएको हो । कार्यालयले गत आव २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ ।
 

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै रु एक अर्बले राजस्व बढेको जानकारी दिए । गत आवको भदौसम्म रु ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् रु २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो । 
प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए ।

‘विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको संख्या बढेको छ’, उनले भने । भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख सङ्कलनको लक्ष्य लिए पनि रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा रु १८ अर्ब ७० करोड ४० लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन भएको थियो । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७