प्रधानन्यायाधीश सिफारिस गर्न बालुवाटारमा संवैधानिक परिषदको बैठक


२०८१ भदौ ३१ सोमबार ०६:४२ बजे

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक शुरू भएको छ । आज (सोमबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा गत भदौ २८ गते बसेको बैठकले कुनै निर्णय गर्न सकेको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७