‘हिंसा’ शब्द विवादले प्रतिनिधिसभा वैठक बस्दै नबसी स्थगित


२०८१ भदौ ३० आइतबार २३:२१ बजे
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलि १ बजेका लागि सरेको छ । नेकपा माओवादी केन्द्रले संसद बैठक अवरुद्ध पार्ने बताएपछि बैठक सोमबारलाई सरेको हो ।

आज (आइतबार) १ बजे प्रतिनिधिसभा बैठक बस्ने भनिए पनि ‘हिंसा’ शब्दमा माओवादीको आपत्तिपछि बैठक ३ बजेका लागि सारिएको थियो । तर, ३ः१५ सम्म सार्दा समेत बैठक बस्न नसकेको संसद सचिवालयले जानकारी दिएको छ । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा (माओवादी केन्द्र) ले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने जानकारी सभामुख घिमिरेलाई दिएको थियो ।

एमाले सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी ‘जनयुद्ध’ लाई लक्षित गरी त्यसबेला हिंसा भएको बताएका थिए । यो अभिव्यक्तिले ‘जनयुद्ध’ को अपमान भएको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो ।

सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ । एमाले र माओवादीका सांसदहरू यो विषयलाई लिएर आरोप प्रत्यारोपमा छन् । माओवादी केन्द्रका सांसदहरूले सभामुख घिमिरेलाई भेटेर सदनलाई थप द्वन्द्वतिर नलैजान आग्रह पनि गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७