उपसभामुख हटाउने प्रयासबाट पछि हटेको हो एमाले ?


२०८१ भदौ ३० आइतबार २३:२२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास नगरेको स्पष्ट पारेको छ । आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक तथा सांसद महेश बर्तौलाले यस्तो जानकारी दिएका हुन् ।

उनले उपसभामुखबाट कमजोरी भए पनि हटाउने तहमा आफूहरूले विषय नउठाएको दाबी गरे । रास्वपा र माओवादी केन्द्रले संसदमा यो विषय उठाएपछि आफूहरुले प्रतिवाद मात्रै गरेको बर्तौलाको जिकिर छ  । ‘बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनु भयो, यो दुःखद् छ’, उनले भने । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि उपसभामुखलाई हटाउने विषयमा बैठकमा कुरा उठ्दा बर्तौलाले त्यस्तो तयारी नभएको जवाफ दिएको जानकारी दिए । 

‘उपसभामुखको विषयमा मान्य मुख्य सचेतक महेश बर्तौला ज्यूले त्यस्तो केही थिएन, तपाईंहरुले चाँडै कुरा उठाउनु भयो भन्नु भयो’, उनले भने, ‘मैले तपाईंहरुको त्यस्तो केही रहेनछ भनें । संसदमा कुरा उठाउने नै हो, कुरा बग्रेल्ती आए, हामीले उठाइ नै हाल्यौं, तपाईंहरुको त्यस्तो केही रहेनछ भने धन्यवाद, केही पनि फेरि नहोस् भने ।’ पाँच जना गैरसंसदीय व्यक्तिलाई अमेरिकाको भिसा दिलाउन पत्र लेखेपछि विवादमा परेकी उपसभामुख रानालाई पदबाट हटाउने सत्तापक्षको तयारी थियो । तर, संसदमा दुई तिहाई बहुमत जुटाउन नसकेपछि उनीहरु पछि हटेको अनुमान गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७