सामाजिक सञ्जालमा किन हराए क्रिकेटर सन्दीप लामिछाने ?


२०८१ भदौ ३० आइतबार २३:२१ बजे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विभिन्न सामाजिक सञ्जालमा देखिने छाडेका छन् । सामाजिक सञ्जालहरु फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट उनी एक्कासी गायब भएका छन् । शनिबार रातिदेखि लामिछानेको फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) अकाउन्ट नदेखिने भएको छ ।

अकाउन्टमा समस्या आएर हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म खुलेको छैन । लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख बढी फलोअर थिए । लामिछाने सामाजिक सञ्जालबाट अचानक हराएपछि अहिले उनी किन गायब भए भन्ने विषय चर्चा चलिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७