तीन डीआईजीको सरुवा : पोखरेल प्रदेश समन्वय विभाग तानिए, मधेसमा लालमणि


२०८१ भदौ २६ बुधबार १८:३९ बजे

काठमाडौं  । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ । आर्थिक अनियमितताको आरोप लागेका मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ ।

यस्तै, मधेश प्रदेशमा भरतपुर शिक्षालयका डीआईजी लालमणि आचार्यलाई पठाइएको छ । शिक्षालयमा भने प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ । प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले गृहमन्त्रीस्तरीय निर्णयबाट तीन डीआईजीको सरुवा भएको पुष्टि गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७