पर्यटन बोर्डको सीईओ नियुक्तिमा सर्वोच्च अदालतको कारण देखाऊ आदेश जारी


२०८१ भदौ २६ बुधबार १८:४१ बजे

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने भन्दै कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

बोर्डको सीईओ दीपकराज जोशी नियुक्ति भएका थिए । जोशीको नियुक्ति बरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदाहुँदै पन्छाएको दाबी गर्दै तत्कालीन सीईओ डा. धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेका कारण जोशीले काम कारवाही गर्न भने रोकिने छैन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७