मलाइका अरोराका बुबा अनिलको सात तलाबाट हाम फालेर मृत्यु, अनुसन्धान जारी


२०८१ भदौ २६ बुधबार १८:४२ बजे

नयाँदिल्ली । बलिउड अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराले बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । उनले आत्महत्याको कारण भने खुलेको छैन । भारतीय सञ्चारमाध्यमहरुका अनुसार शवलाई अहिले पोस्टमार्टमका लागि पठाइएको छ ।

घटनामा प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिएको छ । जोइसका अनुसार अनिल हरेक दिन बाल्कोनीमा बसेर अखबार पढ्ने गर्थे । उनीसँग अनिलको धेरै वर्षअघि सम्बन्ध विच्छेद भए पनि केही समयदेखि उनीहरु आयशा मनोरको सातौं तल्लामा सँगै बस्थे ।

बुधबार बिहान जोइसले अनिलको चप्पल बैठक कोठामा देखेपछि उनलाई भेट्न बाल्कोनीमा गएकी थिइन् । तर बाल्कोनीमा उनी थिएनन् । तल गएर हेर्दा चौकीदार सहयोगका लागि कराइरहेका थिए भने अनिल भुईंमा पछारिएका थिए । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अहिले घटनास्थलको शिलबन्दी गरिएको छ । बुवाको मृत्युको खबर सुन्दा पुणेमा रहेकी मलाइका तत्काल मुम्बई फर्किएकी थिइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७