लुम्बिनीका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत


२०८१ भदौ २६ बुधबार ०९:४८ बजे

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत गरेका छन् । मन्त्री कुर्मीले हिजो (मंगलबार) राजीनामा दिएका थिए । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित व्यक्तिलाई अनुसन्धान नै प्रभावित गराउने गरी सांसद र मन्त्री बनाइएको भन्दै महिला अधिकारकर्मीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

कांग्रेस केन्द्रीय समितिबाटै राजीनामाका लागि दबाब परेपछि उनले राजीनामा दिएका थिए । मुख्यमन्त्री आचार्यले बुधवार राजफनामा स्वीकृत गरेको आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले बताएका छन् । कांग्रेस–माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए ।

शाहलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए । कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७