जाजरकोटमा पहिरोले घर पुरियो : वडा सदस्य दम्पती बेपत्ता, छोरी गम्भीर घाइते


०२:०५ बजे

जाजरकोट । जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान–श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएकी छन् । बारेकोट गाउँपालिका– ६ धुमा गाउँमा गए राति (आइतबार) बिहान २ बजेतिर  गएको पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन्  ।

जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख दलबहादुर सिंहका अनुसार बारेकोट–६ पल्लो धुमा गाँउमा विहान २ बजे घर पुरिँदा मानबहादुर चलाउने र वडा नम्बर–६ की महिला वडा सदस्य समेत रहेकी श्रीमती मायादेवी चलाउन बेपत्ता भएका छन् ।

चलाउनेकी छोरीको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम पाण्डेले सेपुखोला, नायकवाडा र रामीडाँडाबाट घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरे पनिसञ्चार सम्पर्क हुन नसक्दा यकिन विवरण प्राप्त गर्न नसकिएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७