मन्त्रीले त फोन उठाउन नभ्याइँदो रहेछ : रक्षामन्त्री राई


००:५६ बजे

काठमाडौं । रक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको वाध्यता सुनाएका छन् । आज (शनिबार) गृह जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्य व्यस्तताले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नलिइदिन आग्रह गरे ।

बिहान–बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भए पनि आफूलाई जानकारी गराउन उनले आग्रह गरे गरे । मन्त्री राईले भने, ‘मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त ! त्यो भएर कहिलेकाहीँ रातिसम्म मन्त्रिपरिषद् बैठकमै हुन्छु । यो सत्य कुरा हो । हामी साढे नौ बजेतिर प्रधानमन्त्री कार्यालयबाट निस्केको कुरा पत्रकार साथीहरुलाई थाहा हुन्छ । अनि मलाई नभेटी नहुने, नभनी नहुने केही छ भने मेरो सचिवालयमार्फत तपाईंहरुको कुरा आओस् । बिहान–बेलुका म फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने बिजी रहेछ भनेर बुझिदिनुहोला ।’

सबैभन्दा सजिलो नेतालाई सांसद बनाएको र मन्त्री भएका सबैभन्दा अप्ठेरो भयो, फोन पनि नउठाउने, भेट्न पनि नपाइने भयो भनेर नराम्रो सन्देश गाउँगाउँ जाला भन्ने आफूलाई ठूलो डर भएको पनि उनले बताए । मन्त्री राईले किराँत संस्कृति नेपालको अनुकरणीय संस्कृति भएकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७