देश बनाउन ३६,१०७ रविहरू जन्माउनु पर्छ : उपसभापति अर्याल


००:५४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउन ३६ हजार बढी रवि लामिछानेहरू जन्माउनु पर्ने बताएका छन् । आज (शनिबार) पार्टीको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका हुन ।

उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरूलाई जन्माउनुपर्ने बताए। उनले देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनु पर्ने र आफूहरू त्यही अभियानमा लागेको बताए । उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे ।

उपसभापति अर्यालले आफूहरू पार्टी स्थापना गर्दाको सङ्कल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उद्देश्यमा कायम रहेको बताए। उनले भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको स्पष्ट पारे । उनले रास्वपामा परिवारवाद पनि लागू नहुने भन्दै अन्य पार्टीहरु भन्दा धेरै कुरामा रास्वपा फरक भएको दावी समेत गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७