हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाट रोक्न बङ्गलादेशका पूर्व प्रधानमन्त्री जियाको आग्रह 


१४:१९ बजे
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया

काठमाडौं । पूर्व प्रधानमन्त्री खालिदा जियाले सरकारी जागिरमा भेदभाव विरोधी विद्यार्थी आन्दोलनले निम्त्याएको राष्ट्रव्यापी हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाटबारे चिन्ता व्यक्त गरेको बङ्गलादेशको सञ्चारमाध्यम ढाका ट्रिब्युनले बताएको छ । 

ढाकाको ‘एभरकेयर’ अस्पतालमा रहेकी  जियासँग बङ्गलादेश खिलाफत मजलिस पार्टीका महासचिव मौलाना मामुनुलको टोलीले भेटवार्ता गरेको ढाका ट्रिब्युनले जनाएको छ । ढाका ट्रिब्युनले जियालाई उद्धृत गर्दै भनेको छ, ‘हाम्रो राज्यको स्रोत र साधन खेर गइरहेको छ । यो देश हाम्रो हो, हामीले यो देशको निर्माण गर्नुपर्छ ।’ 

अगस्ट छ मा बङ्गलादेशका राष्ट्रपति शाहाबुद्दिन अहमदले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई संविधानको धारा ४९ अनुसार जेल सजाय कम गरेर रिहा गर्ने घोषणा गरेका थिए । ढाका ट्रिब्युनका अनुसार भेटवार्तामा उनले जनताको जीवन र सम्पत्तिमा क्षति पुर्‍याउनु गम्भीर अपराध भएको बताइन् । उनले राज्यको स्रोतको लुटपाटमा धेरै मानिसहरू संलग्न रहेको र यो कार्य अन्यायपूर्ण रहेको बताइन् ।  

‘बेगम खालिदा जिया उत्पीडित महिला हुनुहुन्छ । हामी लामो समयसम्म जेलमा बस्यौं । मौलाना मामुनुल हक पनि लामो समयसम्म जेलमा रहनुभयो । मौलाना मामुनुल हकको नेतृत्वमा हामी उहाँको स्वास्थ्यबारे सोधपुछ गर्न अस्पताल ग¥यौ ।’” खिलाफत मजलिसका उप–महासचिव मौलाना अताउल्ला अमिनले जियासँगको भेटबारे बताए । 

बैठकबारे सोधिएको प्रश्नमा खिलाफत मजलिसका संयुक्त महासचिव मौलाना अताउल्ला अमिनले भने, ‘देशको अवस्था राम्रो छैन । बेगम खालिदा जिया मानव जीवन र सम्पत्तिको क्षतिबारे चिन्तित हुनुहुन्छ । राज्यका स्रोतहरू लुटिनु सही काम होइन ।’ अगस्ट ५  मा बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले खालिदा जियालाई रिहा गर्ने आदेश जारी गरेका थिए । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि उनले यो निर्णयको घोषणा गरेका हुन् । 

बङ्गलादेशका पूर्व प्रधानमन्त्री जियाको स्वास्थ्य अवस्था खराब छ । बाथ रोग, मधुमेह र ‘लिभर सिरोसिस’ को बिरामी उनी ह्विलचेयर प्रयोग गर्छिन् । ७८ वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो । 

यसलाई उनको पार्टीले राजनीतिक रूपमा प्रेरित भन्दै खण्डन गर्दै आएको छ । राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उनलाई घरमै नरबन्दमा राखिएको थियो ।  जियाविरूद्ध भ्रष्टाचारको आरोप उनलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्नका लागि बनाइएको मुद्दा भएको बिएनपीले दावी गरेको छ । तर हसिना प्रशासनले यो आरोप अस्वीकार गरेको थियो । –रासस / एनआइआइ
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७