जहाजभित्र एयरहोस्टेजलाई जिस्काएपछि युवक परे फन्दामा


००:१० बजे

धनगढी । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो । 

मंगलबार त्रिभुवन विमानस्थलबाट ४ः ५० बजे धनगढीका लागि उडेको जहाज उडेलगत्तै ओझाले दुई जना एयरहोस्टेजमध्ये एकलाई जिस्काएका थिए । सो घटना पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
के थियो घटना ? 
मंगलबार त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलाईन्सको जहाज (उडान नं. २२५) ५० मिनेट ढिलोगरी ४ ः५० बजे धनगढीका लागि उडेको थियो । जहाज उडेपछि ओझाले दुई जना एयरहोस्टेजमध्ये एक जनालाई जिस्काउन थाले । श्रीएयरलाइन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट लगाउन मानेनन् । एयरहोस्टेजले पटक–पटक सिटबेल्ट लगाउन भन्दा मानेन उल्टै जिस्काइरहे । त्यसपछि उनले सीटको ह्याण्डिल (हातराख्ने ठाउँ) मा खुट्टा राखेर ग्यालरीमा हिँडन असहज हुने हर्कत गरे ।

उनले जहाजको ग्यालरीमा पानी र पेय पदार्थ दिन आउने बेलामा एयरहोस्टेजलाई खुट्टा लाग्ने गरी अटेर गरिरहे । ‘तीन-चार पटक अनुरोध गर्दा पनि नमानेपछि एयरहोस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराइन् । त्यतिबेला काठमाडौंबाट जहाज आधा समय उडिसकेको थियो,’ स्टेशन म्यानेजर शाहीले सुनाए ।

‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाइभर्ट गर्नैपर्छ । क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन्,’ शाहीले भने, ‘तर, क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए । प्राधिकरणले प्रहरीलाई जानकारी गरायो । जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे ।’

श्रीययरलाइन्सको उडान नं. २२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाइरहेका थिए । काठमाडौंमा जहाज चढने बेला पनि ती युवकको ए कजना यात्रुसँग भनाभन भएको थियो । जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए । उक्त सीट एयरहोस्टेज बस्ने ढोका नजिकै हुन्छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७