सौर्यको जहाज दुर्घटना : प्रधानमन्त्री ओली र गृहमन्त्री घटनास्थलमा


२०८१ श्रावण ९ बुधबार २३:३७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन् । यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए । 

काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनमा परेको थियो ।  सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनग्रस्त विमानमा सवार  १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सौर्य एयरलाइन्सको जहान बुधबार बिहान ११:११ बजेट दुर्घटना भएको थियो ।

शवहरू उद्धार गरेर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । विमानका पाइलट मनिष शाक्यको भने काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ । शाक्यको भने अहिले आईसीयूमा उपचार भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७