टीकापुर अस्पतालमा हेमोडायलाइसीस सेवा सुरू


२०८१ श्रावण २ बुधबार ११:३४ बजे

टीकापुर : कैलालीको टीकापुरमा रहेको टीकापुर प्रादेशिक अस्पतालले होमोडायलाइसीस सेवा सुरु गरेको छ । मृगौला फेल भएका बिरामीका लागि सो सेवा सुरु भएको अस्पतालका मेसु डा. रेम कुमार राईले जानकारी दिए । 

अघिल्लो हप्ताबाट सुरु भएको डायलाइसिस सेवा संचालनका लागि छुट्टै कोठा तयार गरिएको छ । ५ वटा मेसिनबाट सुरु गरिएको सो सेवा लिनका लागि हालसम्म ३० जनाले नाम टिपाएको मेसु डा. राईले जानकारी दिए । 
अस्पतालका चिकित्सक डा. सन्देश पौडेल नेतृत्वको टिमले सो सेवा संचालनका लागि तालिम लिएर आएपछि अघिल्लो आइतबारबाट बिरामीलाई सेवा दिन थालिएको हो ।

हेमोडायलाइसिस सेवाका संचालनकोलागि अस्पतालका नर्सिङ्ग ईन्चार्ज  रमिला विष्टको अगुवाईमा नर्सहरु जमुना चौधरी, निलम चौधरी,   अनिता तिरूआ, रोसनी चौधरीले तालिम लिएर सेवा दिईरहेका छन् ।
 महाकाली अस्पतालकी नर्स यसोधा गिरीको प्रविधीक सहयोत तथा  अस्पतालका सहयोगी गणेश थापा र प्रकाश चौधरीले साथ दिईरहेका छन् । 

मृगौला फेल भएर प्रत्यारोपण हुन नसकेका बिरामीहरुलाई हप्ताको दुई पटक हेमोडायलाइसिस गर्नुपर्ने हुन्छ । टीकापुरमा सो सेवा सुरु भएसँगै आसपासका क्षेत्रका जनताले हेमोडायलाइसिसका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको डा. राईको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७