अष्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित, प्याट कमिन्सको कीर्तिमानी ह्याट्रिक


२०८१ असार ९ आइतबार २०:२३ बजे

काठमाडौँ । अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ । जारी टी– २० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेको छ । यो टी– २० खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो ।

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए । त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए । अफगानिस्तानका लागि गुलबदीन नैबले सर्वाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए । त्यस्तै मोहमद नावी र राशिद खानले एक एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्वाधिक ६० रन बनाएका थिए भने इब्राहिम जद्रानले ५१ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै अष्ट्रेलियाका लागि कप्तान पाट कमिंसले ह्याट्रिक लिएका थिए । उनको यस विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक हो । त्यस्तै एडम जाम्पाले २ विकेट लिएका थिए । यो जितपछि अफगानिस्तानले सुपर–८ को समूह एकमा २ महत्वपूर्ण अंक हासिल गरेको छ । त्यस्तै अष्ट्रेलियाको २ खेलमा २ अंक रहेको छ । अब अस्ट्रेलियाले अर्को खेल सोमबार राती भारतसँग खेल्ने छ भने अफगानिस्तानले मंगलबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७