माओवादीको कारबाहीविरुद्ध सर्वोच्चमा गण्डकीका सांसद देवकोटाको रिट, आइतबार पेसी


२०८१ असार ६ बिहीबार ०३:५८ बजे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटा आफूमाथि भएको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूमाथि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले गरेको कारबाही गैरकानुनी भएको भन्दै देवकोटाले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

देवकोटाको रिट दर्ता भएको र पेसी आइतबार तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए । पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दललले देवकोटालाई कारबाही गर्न प्रदेश सभाको संसद सचिवालयमा पत्र पठाएको थियो । त्यसपछि सभामुखले उक्त पत्र संसद बैठकमा पढेर सुनाएका थिए ।

माओवादीको पत्र संसद सचिवालयमा पुगेर सभामुखले सभामा वाचन गरेसँगै देवकोटा पदमुक्त भएका थिए । उनले नेपाली कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटा पाण्डे नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री समेत बनेका छन् । सांसद नभए पनि उनी ६ महिनासम्म मन्त्री भने हुन पाउँछन् । देवकोटा गत प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २(१) बाट निर्वाचित भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७