कर्मचारीहरूको ‘ब्ल्याक आउट’ ले संसद वैठक स्थगित


२०८१ असार ५ बुधबार १५:१३ बजे

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलन ‘ब्ल्याक आउट’ का कारण प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ । सेवा सुविधा माग गर्दै कर्मचारीहरूले गत जेठ २१ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

यस क्रममा बुधबार अपराह्न ५ बजेपछि प्रत्यक्ष प्रसारणमा सभामुख देवराज घिमिरेलाई मात्रै देखाइएको थियो, तर बोलेका सांसदहरूलाई देखाइएको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नहरूको जवाफ दिएपछि, सांसदहरूले पुरक प्रश्न सोध्न थालेका थिए । तर, प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबमा प्रत्यक्ष प्रसारण गर्दा सांसदहरूले विरोध जनाए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘ब्ल्याक आउट’ को विरोध गर्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए र ब्ल्याक आउटमा सदन नचलाउन भनेका थिए । ‘यसपछि सभामुख घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७