न्यूयोर्कबाट फर्काइएका महासेनानी मल्ल बर्खास्त


२०८१ असार ५ बुधबार ०५:५५ बजे

काठमाडौँ । नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त भएका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो । सैनिक स्रोतका अनुसार उमेरसम्बन्धी विवादमा मल्ललाई दोषी ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको पुष्टि गरे । ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले बर्खास्त गरेको हो’ केसीले भने ।

मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रूपमा कार्यरत थिए । अमेरिकामै रहेकाले उमेरसम्बन्धी विवादबारे उजुरी परेपछि छानबिनका लागि भन्दै सैनिक मुख्यालय जङ्गी अड्डाले मल्ललाई फिर्ता बोलाएको थियो । नेपाल फर्किएपछि सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७